आज पनि एमाले, रास्वपा र राप्रपाले सदन अवरोध गर्ने संकेत दिएपछि अझै शुरु भएन सदन

आज पनि एमाले, रास्वपा र राप्रपाले सदन अवरोध गर्ने संकेत दिएपछि अझै शुरु भएन सदन

  • मङ्लबार, जेष्ठ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

जेठ २३ काठमाण्डौँ । संसदमा यतिबेला दिनहुँ अवरोध, हंगामा मच्चाउने काम भईरहेको छ । संसदमा पटक पटक अवरोध र हंगामा मच्चाउन केपी ओली नेतृत्वको एमाले, रवि लामिछाने नेतृत्वको रास्वपा र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा एकसाथ उभिएका छन् ।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पशुपतिमा सुनको जलहरी लगाउने क्रममा ओली सरकारको पालामा पित्तल हालिएको र ११ किलो सुन गायव भएको विषयमा ओली जिम्मेवार हुनु पर्ने भन्ने माओवादी सांसद राजन दाहालको अभिव्यक्तिलाई दिएर एमालेले सदन अवरुद्ध गर्यो ।

त्यसमा रेकर्डबाट अभिव्यक्ति हटाउने सहमति पछि सदन खोलेर नीति कार्यक्रम पारित गर्न दिएको बिपक्षीले फेरी प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर सदन अबरुद्ध गर्दा तीन दल एकै ठाँउ उभिएका छन् ।

तीनै दलका सांसदले प्रधानमन्त्रीलाई बोल्दा बोल्दै अवरोध गर्ने गर्दै हिजोको बैठक सकिएको थियो । तीनै दलले राष्ट्रपतिले पारित गरेको नागरिकता विधेयकको बिरोध गरीरहेका छन् ।

आज पनि उनीहरुले अर्थमन्त्रीले करको दर हेरफेर गरेको भन्दै सदन अबरुद्ध गर्ने चेतावनी दिएका छन् । जसले गर्दा अझै संसदको बैठक शुरु हुन सकेको छैन ।

उनीहरुले सदन अबरुद्ध गरेर बजेटमाथिको छलफल प्रभावित पार्ने कोशिस गरीरहेको सत्ता गठबन्धनका एक सांसदले दावी गरेका छन् । उनीहरुले बजेट निर्माणको क्रममा एक पूर्व नासुलाई प्रवेश गराएर करको दर हेरफेर गराएको आरोप लगाउदै त्यसमा छानविन नहुञ्जेल संसद च्रल्न नदिने भनेकाले सदनको बैठक ११ बजे बस्ने भनिए पनि अझै शुरु भएको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ