वी.पी राजमार्ग सरसफाई अभियानः फोहोर गर्ने राजमार्गका होटल/पसललाई कार्वाही गरिने

वी.पी राजमार्ग सरसफाई अभियानः फोहोर गर्ने राजमार्गका होटल/पसललाई कार्वाही गरिने

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

भकुण्डेवेशी, २२ जेठ । नमोबुद्ध नगरपालिकाले वी.पी राजमार्गको आफ्नो क्षेत्रमा फोहोर गर्ने होटल, पसल र यात्रुलाई कार्वाही गर्ने भएको छ । राजमार्ग सरसफाई अभियान सञ्चालन गर्दै आएको नगरपालिकाले राजमार्ग क्षेत्रमा फोहोर बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।


सोमबार विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाईको क्रममा यहाँ सञ्चालित होटल, पसलका साथै नीजि तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहोर फालेको भेटिएपछि नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता टिकाबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, वडाअध्यक्षहरु रमेश तिवारी, अर्जुन कार्की, धर्मसिं लामासहितका जनप्रतिनिधी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कर्मचारीसहितको टोलीले सचेत गराएको थियो ।


नगरपालिकाले यसअघि वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई सचेत गराउँदै कार्वाही गर्ने चेतावनी दिएको थियो ।

नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले नगरपालिकाको बजार व्यवस्थापन कार्यविधी, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कार्वाहीसहित जरिवाना समेत गर्ने वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिए ।

नगरपालिकाले सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकर समेत टाँसेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ