साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘  सार्वजनिक

साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘  सार्वजनिक

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौं । हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिको एक कार्यक्रमका विच विमोचन गरिएको छ ।

कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार श्री सुनिल अधिकारीका समालोचक शब्दमा मुक्तकका विशेषता बारे मन्थन र मुक्तक वाचनले स्रोतालाई मन्त्रमुग्ध पारेको थियो ।

लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री विजयध्वज थापाले साहित्यकार शैलेन्द्रले आफनो जिवन भोगाईलाई कृतिको रुपमा प्रकाशनमा ल्याउनुभएको पुस्तकले समाजमा आम मानिसलाई जिवनको विषयमा सहि जानकारी दिने बताउनुभयो ।

नेपाली साहित्यकारहरुलाई समूहमा एकजुट भएर नेपाली साहित्यलाई विकास र विस्तार गरि साहित्यकारहरुलाई राज्यबाट संरक्षण गरिनुपर्ने बताउनुभयो । हामी र हाम्रो कृति कार्यक्रमको संरचना र उद्देश्य बारे साहित्यकार मदन नेपालले जानकारी गराउनु भयो ।

कार्यक्रममा विभिन्न संस्थाका प्रमुख लगायत मुक्तकका अनुरागीहरुले सोहि पुस्तकबाट मुक्तक पनि वाचन गर्नु भयो । कार्यक्रममा साहित्यकार , पत्रकार र आम साहित्यप्रेमी हरुको उल्लेख्नीय सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी