नक्कली भुटानी शरणार्थी प्रकरणः आज पनि थुनछेक बहस हुने

नक्कली भुटानी शरणार्थी प्रकरणः आज पनि थुनछेक बहस हुने

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

जेठ २२ काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहने छ । काठमाण्डौँ जिल्ला अदालतका न्यायधीश प्रेम प्रसाद न्यौपानेको ईजलाशमा हिजोबाट थुनछेक बहस शुरु भएको थियो । हिजो सरकारी वकिलहरुले बहस थालेका थिए ।

हाईप्रोफाईलहरु समेत यो मुद्धामा पक्राउ परेकाले उनीहरुको पक्षमा पूर्व महान्याधीवक्ता सहित नाम चलेका कानुन व्यवशायीहरुले बहस गर्नेछन् ।

पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोप बहादुर रायमाझी, काँग्रेस नेता एवं पूर्व गृहमन्त्री वालकृष्ण खाँड, एमाले नेता एवं पूर्व गृहमन्त्री वादलका सल्लाहकार डा. ईन्द्रजीत राई, नेपाल सरकारका सचिव टेक नारायण पाण्डे सहित १८ जना हाल थुनामा रहेका छन् भने १२ जना अझै फरार रहेका छन् ।

यो बहसमा थुप्रै कानुन व्यवशायीले भाग लिएकाले थुनछेक आदेश आउन जेठ ३१ सम्म कुर्नु पर्ने भएको छ ।
सो आदेशमा न्यायधीशले थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने फैसला आउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ