एमालेद्धारा राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध

एमालेद्धारा राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध

  • आइतवार, जेष्ठ २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ । निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय सभाको बैठक पनि एमालेले अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

बैठक अवरुद्ध गरेपछि बोल्न समय पाएका नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले जन्मसिद्धका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्नेमा पक्षमा रहेको तर सरकारले असंवैधानिक बाटो समातेको बताए ।

उनले गत जेठ १२ गते सरकारले राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको पत्र असंवैधानिक रहेको र राष्ट्रपतिको काम असंवैधानिक रहेको बताए । सांसद श्रेष्ठले त्यसबारेमा सरकारले जवाफ नदिएसम्म संसदको नियमित कामकारवाही अघि बढाउन नदिने उल्लेख गरे । यस्तै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा लिपुलेक, कालापानीको जग्गा भारतसँग साट्न सकिने प्रस्ताव राखेको र त्यो आपत्तिजनक रहेको भन्दै त्यसबारेमा प्रष्ट पार्न माग गरे ।

अध्यक्ष तिमिल्सिनाले सरकारलाई त्यसबारेमा जवाफ ध्यानाकर्षण गराएको बताउँदै बैठक अघि बढाउन आग्रह गरेपनि सांसदहरुले अवरोध कायमै राखेपछि २९ मिनेटका लागि बैठक स्थगिग गरे । राष्ट्रिय सभाको बैठक ६ मिनेट बसेर स्थगित भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ