मोरङमा एक विद्यालयका कर्मचारीले आफैलाई आगो लगाए

मोरङमा एक विद्यालयका कर्मचारीले आफैलाई आगो लगाए

  • शनिबार, जेष्ठ २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES
सांकेतिक तस्बिर ।

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिकाको एक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन्। सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शनिबार बिहान शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।

सोही विद्यालयको लेखापाल रहेका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार मनिलको शरीरका अधिकांश भाग आगोले जलेको छ। गम्भीर अवस्थाका मनिललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ।

घटनाको करण पत्ता लगाउन अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ