जेठ १९ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले बिहे गरेकी छन्। सोबिताले गृहेन्द्र घिमिरेसँग सामान्य तरिकाले बिहे गरेकी हुन् । घिमिरे माओवादी पार्टीका सदस्य हुन् भने नाताले प्रचण्डका भाञ्जा पर्छन् ।
सोबिता गत मंसिरमा भएको चुनावमा काठमाडौं–२ बाट सांसद चुनिएकी हुन्।
दोलखाको तामाकोशी गाउँपालिकामा जन्मेकी सोबिता पहिले नेपाल टेलिभिजनमा पत्रकारिता गर्थिन्। त्यहाँ उनले स्वास्थ्य सरोकार भन्ने कार्यक्रम चलाउँथिन्।
कानुनकी विद्यार्थी समेत रहेकी २८ वर्षीया सोबिताले गत निर्वाचन जितेर अहिले सांसदमा प्रतिनिधित्व गर्छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline