काठमाडौं, १९ जेठ । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गरेकाे छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुईसय ६८ जनालाई बिहिवार राती १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाई गर्नुभएको छ।
मुस्लिम जनसंख्याको ० दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ। विभिन्न समुह गरि २४ गतेसम्ममा यसवर्षका झण्डै ११ सय ८० हजयात्रीहरू साउदी अरेबिया पुग्नुहुने छ। उहाँहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनुहुने छ। नेपालमा मुस्लिम जनसंख्या १२ लाखको हाराहारीमा छ।
नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवम् गृह मन्त्रालयका उपसचिव विश्व कुईंकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हजयात्रीको छनौट हुने गर्दछ ।













यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline