प्रधानमन्त्री प्रचण्ड भोली भारतको उज्जैन जाने

प्रधानमन्त्री प्रचण्ड भोली भारतको उज्जैन जाने

  • बिहिबार, जेष्ठ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि मध्यप्रदेश जाँदैछन् । यस क्रममा उनले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चनासमेत गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । सो अवसरमा मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि उपस्थित हुने जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शुक्रबार मन्दिरको दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन तथा केही कडाइ गरेको छ ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने जनाइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ