मलेशियामाथि नेपालको दोस्रो जीत

मलेशियामाथि नेपालको दोस्रो जीत

  • बिहिबार, जेष्ठ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं, जेठ १८ गते । मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पनि नेपालले जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो ।

जितसँगै सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले मलेसियामाथि सात विकेटको सानदार जित निकालेको थियो ।

जितका लागि नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट को क्षतिमा ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनब बनाईन् ।

विनिफ्रेड दुराईसिंघमले २० रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी सिता रानामगर, इन्दु बर्मा र कविता कुँवरले एक ÷एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाउनुभयो । ज्योती पान्डेले २३, सिता रानामगरले २१ र ईन्दु बर्माले २० रन जोडे ।

बलिङमा मलेसियाका निक नुर अतिएलाले दुई विकेट लिन सफल भईन भने एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले एक एक विकेट लिए । नेपालले चौथो खेल जेठ २० र पाँचौँ खेल जेठ २१ गते खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ