रेशम चौधरीलाई माफी दिने राष्ट्रपतिको कदम बिरुद्ध सर्वोच्चमा परेको मुद्धामा आज सुनुवाई हुँदै

रेशम चौधरीलाई माफी दिने राष्ट्रपतिको कदम बिरुद्ध सर्वोच्चमा परेको मुद्धामा आज सुनुवाई हुँदै

  • बुधबार, जेष्ठ १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

जेठ १७ काठमाण्डौँ । टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई सरकारले झन्डै १५ वर्ष कैद मिनाहा गर्दै आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ आज हुँदै छ।

घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।

हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो। तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

सोप्रति असन्तुष्टि जनाउँदै प्रहरी निरीक्षक बोहराकी पत्नी शारदा अदालत गुहार्न पुगेकी हुन्।

थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते सात सुरक्षाकर्मीसहित आठजनाको मृत्यु भएको थियो। मारिनेमा एक ८ महिनाको बच्चा समेत थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ