ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो

  • मङ्लबार, जेष्ठ १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

जेठ १६, काठमाडौँ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल महिला टिमले मलेसियालाई हराएको छ ।

सेलांगोरको बांगीस्थित यूकेएम ओभल मैदानमा आज भएको खेलमा नेपालले मलेसियाले ७ विकेटले हराएको हो ।

९८ रनको लक्ष्य पाएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २९ रन बनाइन् । २१ बलमा ३ चौका र १ छक्कासहित उनले उक्त योगफल तयार गरेकी हुन् । त्यस्तै नेपालका लागि ४३ बलमा २ चौकासहित कविता कुँवरले २६ रन बनाइन् । बिन्दु रावलले १८ बलमा २ चौकासहित १७ रन बनाइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । मलेसियाका लागि मास इल्यासा यास्मिन जुल्किफ्लीले सर्वाधिक २८ रन बनाइन् । ३४ बल सामना गरेकी उनले २ चौकासमेत प्रहार गरेकी थिइन् ।

त्यस्तै विनिफ्रेड एन दुराइसिंगम र वान जुलिया वान मोहम्मद रोस्दीले समान २०÷२० रन बनाए । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन् । त्यस्तै कविता कुँवर र इन्दु बर्माले १÷१ विकेट लिए ।

आइतबार भने नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको छ । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियासँग पहिलो पटक पराजित भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ