विश्वकप छनौटका लागि अन्तिम टोलीको घोषणा

विश्वकप छनौटका लागि अन्तिम टोलीको घोषणा

  • सोमवार, जेष्ठ १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, जेठ १५ गते । जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसीसी एक दिवसीय विश्वकप छनोट खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार राति १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा अर्जुन साउद र किशोर महतोले पुनरागमन गरेका छन् । अन्य खेलाडीमा नेपालले एसिसी प्रिमियर कप खेलेका १४ खेलाडीलाई नै निरन्तरता दिईएको छ । नेपालले पहिलो खेल जिम्वावेसँग खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले गत मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘ए’ मा रहेको नेपालले असार ३ गते उद्घाटन खेलमा जिम्बावेको सामना गर्नेछ । नेपालले दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा १० दिन प्रशिक्षण गर्नेछ ।

नेपाल जेठ १८ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ । नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल समेत खेल्नेछ । नेपाली टोली अफ्रिकाबाटै जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

नेपाली टोलीको नाम

रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ