काठमाडौं, जेठ १४ गते । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । एकपक्षीय प्रदर्शन गरेको भारतले २५–१५, २५–२२, २५–१८ को नजिता निकालेको थियो । यसअघि तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता नेपालले उज्बेकिस्तानलाई ३–१ को सेटमा हरायो ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो । विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पुरस्कार वितरण गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline