रेशम चौधरीलाई रिहा गरे स्वीकार्य नहुने एमालेको चेतावनी, पीडित परिवारले रिट हाले सर्वोच्चमा

रेशम चौधरीलाई रिहा गरे स्वीकार्य नहुने एमालेको चेतावनी, पीडित परिवारले रिट हाले सर्वोच्चमा

  • आइतवार, जेष्ठ १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

जेठ १४ काठमाण्डौँ । टिकापुर हत्याकाण्डमा दोषी ठहरिएर जेल जीवन विताईरहेका रेशम चौधरीलाई रिहा गर्ने सरकारको सिफारीसपछि विरोध शुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले कानुनी राज्य र विधिको शासन विपरीत सत्ता टिकाउनका लागि चौधरीलाई रिहा गर्न खोजेर पीडितलाई थप पीडामा पार्ने काम सरकारले गरेको एमाले सचेतक महेश बर्तौलाले संघीय संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा पीडितलाई थप पीडित बनाउने गरी सरकारले कानुनी राज्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको बताए ।

यसै गरी टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरारिट बोकेर सर्वोच्च अदालत पुगेकी हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेश गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जानकारी दिइन् ।

गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बोहराले यसअघि राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन् ।

उता मानवअधिकारवादी संगठन ईन्सेकले पनि चौधरीलाई रिहा नगर्न अपील गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ