प्रधानमन्त्रीको भ्रमण टोली सानो रहने, सीमा विवाद र उर्जाको विषयमा पनि छलफल हुने

प्रधानमन्त्रीको भ्रमण टोली सानो रहने, सीमा विवाद र उर्जाको विषयमा पनि छलफल हुने

  • आइतवार, जेष्ठ १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

जेठ १४ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली सानो रहने भएको छ । यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जान लागेका उनीसँग सानो टोली जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्।

आइतबार बसेको मन्त्रिपरिष्दका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले सकेसम्म सानो र छरितो टोली पठाउने तयारी भइरहेको बताइन्।

‘भारत भ्रमणमा उठाउने विषयहरूबारे सम्बन्धित मन्त्रालयले तयारी गर्दैछन्। भ्रमण तयारी अन्तिम चरणमा पुगिसकेको छ’, उनले भनिन्, ‘भ्रमणका क्रममा ऊर्जाका विषयमा कुरा हुनेछ। त्यसैगरी हामीबीच रहेका सीमा समस्या छन्, यीबारे पनि कुरा हुनेछ। अन्य विषयमा पनि छलफल हुँदैछ, औपचारिक निर्णय गरेर चाँडै विषय तय गर्ने छौँ।’

मन्त्री शर्माले भारत भ्रमणका एजेन्डा र टोलीबारे सोमबार बस्ने मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिने पनि बताएकी छन्। सम्झौता हुने विषयमा त्यही क्षेत्रका मन्त्री र सचिवहरु भारत जाने पनि उनले बताएकी छन्। ‘सम्झौता हुने विषय र क्षेत्रमा त्यही क्षेत्रका मन्त्री वा सचिव जान सक्नुहुन्छ’, उनले भनिन्, ‘सकेसम्म सानो र छरितो टोली जानेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ