पशुपति जलहरीको विषयमा अख्तियारले स्वतन्त्र छानविन गर्नेछ, अहिले ओलीलाई जोडेर अभिव्यक्ति नदिऔँ : प्रधानमन्त्री

पशुपति जलहरीको विषयमा अख्तियारले स्वतन्त्र छानविन गर्नेछ, अहिले ओलीलाई जोडेर अभिव्यक्ति नदिऔँ : प्रधानमन्त्री

  • शनिबार, जेष्ठ १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

जेठ १३ काठमाण्डौँ । पशुपतिमा जलहरी राख्ने क्रममा सुनको ठाँउमा पित्तल राखिएको भन्दै संसदमा उठेको विषयमा एमाले अध्यक्ष केपी ओलीलाई जोडिएको भन्दै संसद अवरोध भएपछि ओलीलाई जोडिएर अभिव्यक्ति दिनु अहिले उचित नभएको प्रधानमन्त्रीले बताएका छन् ।

सदन सुचारु गर्न एमालेले राखेको शर्त अनुसार प्रधानमन्त्रीले बोल्ने क्रममा पशुपतिमा जलहरी राख्ने जिम्मेवारी पशुपति क्षेत्र विकास कोषको भएको र काम पनि उसैले गरेकाले त्यस विषयमा उठेका प्रश्नहरुका बारेमा अख्तियारले छानविन गरीरहेको र सरकारले सहयोग गर्ने भन्दै सो विषयमा पार्टीकै सांसदले बोलेको शब्द संसदको रेकर्डबाट हटाउने प्रचलन रहेको बताएका थिए ।

त्यसपछि सभामुखले सो शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

एमालेले सो प्रकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीलाई मुछेको भन्दै शुक्रबार (हिजो) प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ