काँग्रेस आलोचनाबाट डराँउदैन : देउवा

काँग्रेस आलोचनाबाट डराँउदैन : देउवा

  • शनिबार, जेष्ठ १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौं जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् ।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै देउवाले त्यसको सुदृढीकरणमा सबै दलहरु लाग्नुपर्ने बेला आएको बताए । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्त औल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संवद्ध संघ, संगठनलाई आह्वान गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ