चर्च ब्वाईज र मनाङ बराबरीमा रोकिए

चर्च ब्वाईज र मनाङ बराबरीमा रोकिए

  • बिहिबार, जेष्ठ ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, जेठ ११ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइज मनाङसँग गोलरहित बराबरीमा रोकिएको हो । चर्च ब्वाइजको बराबरीले लिगको उपाधि होड थप रोचक बनेको छ ।

बराबरीसँगै चर्च ब्वाइजले शीर्षस्थानमा पाँच अङ्कको अग्रता बनाउने मौका गुमायो । बराबरीसँगै शीर्षस्थानमा यथावत रहेको चर्च ब्वाइजको २१ खेलबाट ३८ अङ्क छ ।

दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको समान खेलबाट ३५ अङ्क पुगेको छ । तेस्रो स्थानमा रहेको जावलाखेलको ३४ अङ्क छ । समान खेलबाट २५ अङ्क बनाएको मनाङ ११औं स्थानमा छ ।

यस्तै अर्को खेलमा लिगको चौथो स्थानमा रहेको सातदोवाटो युथ क्लबलाई रेलिगेसन जोगाउन संर्घषरत फ्रेन्ड्स क्लबको नमिठो झट्का लागेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा फ्रेन्ड्सले सातदोवाटोलाई ४–० गोलले हरायो ।

अघिल्ला खेलको तुलनामा फितलो प्रदर्शन गरेको सातदोवाटोमाथि फ्रेन्ड्सले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो । फ्रेन्ड्सका लागि टोरिक जेब्रिनले दुई गोल गर्नुभयो । राफिक अमिनु र कप्तान प्रकाश बुढाथोकी एक एक गोल गर्नुभएको थियो ।

खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाउनुभयो । त्यसपछि प्रकाशले ५५औं, जेब्रिनले ८७औं र ९०औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई सजिलै जिताउनुभयो । जितसँगै फ्रेन्ड्सले रेलिगेसन रेखा छलेको छ ।

२१ खेलबाट २४ अङ्क बनाएको फ्रेन्ड्स १२औं स्थानमा उक्लिएको छ । समान खेलबाट २९ अङ्क बनाएको फ्रेन्ड्स चौथो स्थानमा यथावत छ । फ्रेन्ड्सको जितले संकटा १३औं स्थानमा झरेको छ । संकटाको २१ खेलबाट २३ अङ्क छ । अन्तिममा रहेको खुमलटारको २० खेलबाट २१ अङ्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ