साँंस्कृतिक महासंघका करिब २ दर्जन कलाकर्मी सम्मानित

साँंस्कृतिक महासंघका करिब २ दर्जन कलाकर्मी सम्मानित

  • बिहिबार, जेष्ठ ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङले नेपाली कांग्रेसमा कलाकर्मीको महत्त्व अत्यधिक रहेको बताएका छन् । कलाका विभिन्न क्षेत्रमा क्रियाशील कलाकर्मीको संस्था नेपाल सांस्कृतिक महासंघको नेपाली कांग्रेसभित्र अन्य भातृ सङ्घसंस्थाको भन्दा मूल्य र मान्यता ठुलो रहेको उनको धारणा थियो । बुधवार नेपाल सांस्कृतिक महासंघको १८ औँ स्थापना दिवस एवम् राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला उद्घाटन गर्दै गुरुङले नेपाली कांग्रेसका भातृसंगठनहरमध्ये पार्टीलाई ऊर्जाशील बनाउन सक्ने संस्था नै नेपाल सांस्कृतिक महासंघ भएको भनाई राखे ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल सांस्कृतिक महासंघले युवामुखी कार्यक्रममा जोड दिनुपर्ने बताए । ‘नेपाल सांस्कृतिक महासंघले युवालाई आकर्षित गर्ने र उनीहरूको प्राथमिकतामा रहेको काम गर्नुप¥यो’, कोइरालाले थपे । कोइरालाले नेपाल सांस्कृतिक महासंघलाई नेपालमा गिरिजाप्रसाद कोइराला बाहेक कसैले चिन्न नसकेको उनको भनाई थियो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रामहरि खतिवडा, नेपाली कांग्रेसका बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, सांसद विनोद बान्तवा, शोभाकर पराजुली लगायतले कलाकर्मी र सांस्कृतिक महासंघको महत्त्व प्रकाश पारेका थिए । नेपाली कांग्रेसका युवा नेता प्रमोदहरि गुरागाईँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कार्यक्रममा सहभागी कलाकर्मीलाई प्रशिक्षण दिएका थिए ।

कलाकार धनबहादुर याक्खाको नेतृत्वमा ४२ जना कलाकारले प्रत्यक्ष पेन्टिङ गरेर देखाएको कार्यक्रम विभिन्न नृत्य लगायत सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको थियो । कार्यक्रममा २० कलाकर्मीलाई सम्मान समेत गरिएको थियो । जसमा लोकगायक कस्तुप पन्त, कृष्ण रेउले, कलाकार सुनिल पुरी, राजु श्रेष्ठ, बुद्धिबहादुर राना, गोपाल गुरुङ, गोविन्द कोइराला, टंक विश्वकर्मा, कृष्णकुमार गुरुङ, गणेश सुवेदी, गङ्गाबहादुर पाण्डे, राधेश्याम राजभण्डारी, सुशील सेवा, बेदमणि अधिकारी, वीरेन्द्र यादव, मदन थापा, जालुमाया गुरुङ, सन्ध्या सानु, सचिन गिरी लगायत रहेका थिए ।
कार्यक्रममा नेपाल सांस्कृतिक महासङ्घका सभापति तिर्थ थापाले नेपाल सांस्कृतिक महासंघप्रति नेपाली कांग्रेसले हेर्ने दृष्टिकोण सम्मानजनक हुनुपर्ने बताए । उनले नेपाली कांग्रेसले सांस्कृतिककर्मीलाई प्राथमिकता राखेर प्रत्येक पाइलामा साथ लिएर हिँड्नुपर्ने धारणा अगाडि सारे । ‘हामी सांस्कृतिककर्मीलाई पनि पार्टीले ठाउँ र अवसर दिनुप¥यो । हामी पनि केही गरेर देखाउन सक्छौ’ थापाले भने ।

भव्य तथा सव्य रूपमा आयोजित कार्यक्रमको सञ्चालन नेपाल सांस्कृतिक महासङ्घका महामन्त्री तथा हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले गरेका थिए । देशभरका कलाकर्मीलाई एक ढिक्को पार्ने र देश विकासका लागि अगाडी बढ्न प्रेरित गर्ने उद्देश्य कार्यक्रमको आयोजना गरिएको नेपाल संस्कृतिक महासङ्घका महामन्त्री तथा हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले बताए । सांस्कृतिक महासङ्घका महामन्त्री राजेन्द्र खत्री कार्यक्रम संयोजक रहेको कार्यक्रमको व्यवस्थापन अर्जुन गिरीले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी