जेठ १० काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको गिरोहको सञ्जाल तोड्ने गरी शसक्त कार्बाही गर्दै अघि बढेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीले अनुसन्धान गरिरहेको गोप्य विषय लिक भएको विषयमा आईजिपीसँग सोधेका छन् ।
गृहमन्त्रालयमा आईजिपिी बसन्त कुँवरलाई बोलाएर गृहमन्त्रीले सोधेका हुन् । छलफलमा धेरै जसो एआईजीहरु समेत संलग्न थिए । गृह मन्त्रालयमा आयोजित छलफलमा अनुसन्धानको क्रममा भेटिएको तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र केशवप्रसाद दुलालको बीचमा भएको ‘च्याट’ बाहिरिएको बारे छलफल भएको छ ।
साथै गृहसचिव पाण्डे र बिचौलीया बनेका केशव दुलालबीच भएको च्याटमा वर्तमान आईजिपीको समेत नाम जोडिएको विषयमा समेत कुरा उठेको छ ।
यो सूचना लिक भएको विषयमा छानविन गर्ने गृहमन्त्री श्रेष्ठले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline