काठमाडौं, जेठ ९ गते । सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा। बिमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline