ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

  • मङ्लबार, जेष्ठ ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लब र एफ।सी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा एन्फा कम्प्लेक्स, सातदोबाटोमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

जारी लिगमा आजका खेलहरुपछि बिसौं चरणका खेलहरु सकिनेछन् । अहिलेसम्म २० खेलबाट ३७ अंक जोडेको चर्च ब्वाइज युनाइटेड शिर्ष स्थानमा रहँदा समान खेलबाट ३४ अंक जोडेको मच्छिन्द्र क्लब दोस्रो तथा ३३ अंक जोडेको जावलाखेल युथ क्लब तेस्रो स्थानमा रहेको छ ।

१८ अंकको एफ.सी खुमलटार र २१ अंकको फ्रेण्ड्स क्लब रेलीगेशन क्षेत्रमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ