काभा महिला भलिबल च्यालेन्ज कपमा घरेलु टोली नेपाल आज बंगलादेशसँग खेल्दै छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा दिउँसो ३ बजे सुरु हुनेछ।
पहिलो खेलमा किर्गिस्तानलाई हराएको नेपालले आज बंगलादेशलाई पाखा लगाउन सके सेमिफाईनल प्रवेश गर्नेछ । उता लिग चरणको पहिलो खेलमा भारतसँग सोझो सेटमा पराजित बंगलादेश पहिलो जितको खोजीमा हुनेछ।
च्यालेन्ज कपमा आज लिग चरणका चार खेल हुनेछन्। पहिलो खेलमा समूह एको किर्गिस्तानले भारतको सामना गर्नेछ। खेल बिहान १० बजे सुरु हुनेछ।
समूह बीको अर्को खेलमा श्रीलंका र काजकिस्तान दिउँसो साढे १२ बजे भिड्ने छन्।
आजको अन्तिम खेलमा उज्वेकिस्तान र मालदिभ्स साँझ साढे ६ बजे प्रतिस्पर्धा गर्ने छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline