विश्वकप छनौटका लागि २२ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा

विश्वकप छनौटका लागि २२ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा

  • सोमवार, जेष्ठ ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

८ जेठ, काठमाडौं । जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

रोहितकुमार पौडेले कप्तान रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी तथा अर्जुन साउद छन् ।

यस्तै सन्दीप जोरा, देव खनाल, किशोरी महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा पनि प्रारम्भिक टोलीमा परेका छन् ।

भारतमा हुने वान डे विश्वकप क्रिकेटको लागि १० टोली सम्मिलित छनोट प्रतियोगिता आगामी जुन–जुलाईमा जिम्बावेमा हुँदैछ ।

यस अघि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल एशिया कप र विश्वकप छनौट चरणमा पुगेकाले अबको तयारी पनि राम्रो नतिजाकै लागि तयारी गराउने प्रशिक्षक मोन्टी देशाईको योजना छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ