नक्कली भुटानी प्रकरण सम्बन्धि अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउने

नक्कली भुटानी प्रकरण सम्बन्धि अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउने

  • सोमवार, जेष्ठ ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज बुझाउने भएको छ । हिजै बुझाउने भनिए पनि तयारी नपुगेकाले आज बुझाउने तयारी भएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व उपप्रधानमन्त्री मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ ।

आजैबाट सरकारी वकिलको कार्यलयले खटाएको अध्ययन कार्यदलले मुद्धाको तयारी गर्ने छ । संभवतः भोली जिल्ला अदालत काठमाण्डौँमा मुद्धा दर्ता हुनेछ ।

राज्य बिरुद्धको कसुर, संगठित अपराध, ठगी जस्ता मुद्धाहरु चलाउने तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ