चीन भ्रमणमा रहेका माओवादी नेताहरुद्धारा चीनीया कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल , ल्हासा काठमाण्डौँ सिधा उडानमा चीन प्रतिवद्ध

चीन भ्रमणमा रहेका माओवादी नेताहरुद्धारा चीनीया कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल , ल्हासा काठमाण्डौँ सिधा उडानमा चीन प्रतिवद्ध

  • सोमवार, जेष्ठ ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

चीनमा नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार चीन गएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले त्यही दिन दिउँसो चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गरेको हो। भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेता वाङले ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेकाले छिट्टै ल्हासा–काठमाडौँ सीधा हवाई सेवा सञ्चालन हुने बताए।

‘एक असल छिमेकी मित्रराष्ट्रको हिसाबले नेपाललाई आवश्यक पर्ने सहयोग गर्न चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकार प्रतिबद्ध छ’, नेता वाङ्ले भने, ‘ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेको छ, अब छिट्टै ल्हासा–काठमाडौँ सीधा हवाई सेवा सञ्चालन हुनेछ।’

नेपाली प्रतिनिधिमण्डलका नेता सापकोटाले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो रहेको र दुई देशको सम्बन्ध प्रगाढ एवम् अतुलनीय रहेको स्मरण गर्दै अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरे। उनले भने, ‘चीनको विकासबाट नेपालले सकारात्मक लाभ लिन चाहेको छ। सीमा नाकामा रहेका अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने र काठमाडौँ–ल्हासा सिधा हवाई उडान पुनः सञ्चालन हुने नेपालको अपेक्षा छ।’

सापकोटाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउँदै नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध थप प्रगाढ भएको बताए। १४ दिन लामो चीन बसाइका क्रममा नेपाली प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लगायतका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ।

सापकोटा नेतृत्वको प्रतिनिधिमण्डलमा माओवादी केन्द्रका सचिवहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, पार्टी निर्वाचन आयोगका प्रमुख कुबेर ओली, नेताहरू केशव नेपाल, परशुराम रम्तेल, जगतप्रसाद यादव, टेकेन्द्र भट्ट, सुबोध शेर्पाली, आसमान रोका, मनहरि तिमिल्सिना, लक्ष्मीकन्या बुढा, आङदावा शेर्पा, गीता कँडेल, हर्क नेम्वाङ, सुदर्शन बराल, सेसुराम भण्डारी र जिपी मैनाली छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ