पतन्जलीको आडमा शालिग्राम को अबैध मीटर ब्याज धन्दा !

पतन्जलीको आडमा शालिग्राम को अबैध मीटर ब्याज धन्दा !

  • शुक्रबार, जेष्ठ ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

आफुलाइ पतन्जली नेपाल को ट्रश्ट्री बताइ मीटर ब्याजी धन्दा मा लागेका शालिग्राम सिंहले पतन्जलीको पैसा चेक काटी ब्याजमा लगाउने, पैसा बापत सुन चादी हिरा मोती धरौटी राख्न लगाउने र पैसा सापटी दिदा ब्याज रकम सुरुमा नै नगद लिने तर सो पैसा ब्याजमा नकाटी प्रशासनिक खर्चमा गयो भनेर ठग्ने त्यथ्य फेला परेको छ।

जनकपुर घर भई काठमाडौमा सुनचाँदीको पसल गरि बस्ने ब्यबसायी लाई पतन्जलीको चेक काटेर रु ५ करोड दिएको र सो को ब्याज १२ प्रतीसत ले लिने दिनेगरी ४ महिना को लागि पौष उधारो लिएको तर मौखिक सहमती मा १२ प्रतिसत पतञ्जलीको खातामा जम्मा गर्ने र ६ पतिसत ले हुन आउने ब्याज रकम सिंह लाईनै बुझाउने कुरा भएको थियो। ५ करोड को ब्याज भनेर अग्रिम १५ लाख र पछी ५ लाख लियेका थिए ।

यतिले पनि पुगेर ५/६ करोड बराबरको सुन चादी हिरा मोती धरौटी राखेर ५ करोड २० लाख को चेक समेत लिएका छन्। ४ महिना पछि सावा ब्याज तिर्न नसकेपछि पीडित लाउ प्रहरी लगाएर धम्काउने गरेका छन्। आफू लाई खतरा छ भनेर तत्कालिन गृहमन्त्री बिमलेन्द्र निधी को ठाडो आदेश ले प्रहरी को अङगरक्षक लिएका सिंहले त्यही प्रहरी देखाएर धम्काउने कार्य गर्दै आएको समाचार हामी लाई प्राप्त भएको छ।

ऋणी लाई पतन्जली को कार्यालय मण्डीजाटार बोलार्इ जबरजस्ती कागज बनाउने नमाने प्रहरी देखाइ थुन्न लगाउने गर्ने गरेका छन् । श्रोतका अनुसार सिंह ले ५ करोडको चेक दिनु भन्दा अगाडि नै १५ लाख नगद, ५÷६ करोड बराबरको सुन चादी हिरा मोती को गर गहना धरौटी, ५ करोड २९ लाख को चेक र ५ करोड को तमसुक कागज पनि बनाएका थिए। यो सबै कार्य मा आफ्ना सहयोगी बलराम उप्रेती लाई साक्षी र साझेदार बनाएको तथ्य पनि खुलेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ