जेठ ५ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि जाँदा तामझाम नगरिने भएको छ । साथै सवारी आवागमन नरोकिने र सर्वसाधारणलाई बाटोमा आउजाउ गर्न नरोकिने भएको छ ।
संघीय संसद भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम वाचनका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउँदा र फर्किँदा सर्वसाधारणको सडक आवातजावतमा रोक नलगाइने भएको हो।
राष्ट्रपति पौडेलले शुक्रबार अपरान्ह ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
यस अघि राष्ट्रपतिको सवारीका बेला हुने अवरोधको चर्को आलोचना हुने गरेको थियो । पौडेल राष्ट्रपति भएपछि भने तामझाम गर्न छाडिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline