प्रिमियर लिगः लिभरपुलले लेस्टरलाई हरायो

प्रिमियर लिगः लिभरपुलले लेस्टरलाई हरायो

  • मङ्लबार, जेष्ठ २, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

२ जेठ, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३ -० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले जित निकाल्दै शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि कायम राखेको छ ।

लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले दुई गोल गरे । कर्टिस जोन्सले पहिलो होमा ३३औं र ३६औं मिनेटमा गोल गरे ।

अलेक्जान्डर आर्नोल्डले ७१औं मिनेटमा गोल गरेका थिए । तीन गोलका लागि मोहमद सलाहले असिस्ट गरेका थिए ।

जितपछि लिभरपुल ३६ खेलबाट ६५ अंक जोडेर पाँचौ स्थानमै कायम छ । तर लिभरपुलले तेस्रो स्थानको न्युकासल र चौथो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक दुरी एकमा झारेको छ । तर न्युकासल र म्यानचेष्टर युनाइटेडले एक(एक खेल कम खेलेका छन् ।

शीर्ष चारमा पर्ने होडमा न्युकासल, युनाइटेड र लिभरपुलसँगै ब्राइटन पनि छ । ३४ खेलबाट ५८ अंक जोडेको ब्राइटन छैटौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ