३१ वैशाख, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले वल्भ्सलाई २ ० ले पराजित गरेको छ । यस जितपछि युनाइटेडले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।
लगातार दुई हारपछि युनाइटेडले जित हात पारेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि एन्टोनी मार्सियलले ३२औं र अलेजान्द्र गार्नाचोले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे ।
तेस्रो स्थानको न्युकासल युनाइटेड लिड्ससँग २(२ को बराबरीमा रोकिँदा पनि युनाइटेडलाई फाइदा पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline