देवकी अभिलाषीको “आदिवासी भोक”

देवकी अभिलाषीको “आदिवासी भोक”

  • शनिबार, बैशाख ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ ।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन् ।

लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताएका थिए । त्यही विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको बताउँदै कुलपति राईले भने “त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ ।”

प्रमुख अतिथिलाई राई जातिको फेटासमेत गुथाईदिएपछि भावकु हुँदै कुलपति भूपाल राईले भने “अन्य समयमा आफ्नो संस्कारबमोजिम आफ्नो समुदायले गुथाइदिने फेटाभन्दा आजको फेटा विशेष थप गरुँगो लागेर मनलाई बढी भावुक बनायो ।

कवि एवम् निबन्धकार कुमारी लामाले कविता कृति र कवि देवकी अभिलाषीका बारेमा अत्यन्तै सुन्दर एवम् सटीक समालोचकिय मन्तव्य राखेकी थिइन् । समालोचक कुमारी लामाले आदिवासी इतरकी देवकीले आदिवासी भोक ल्याउनुलाई हिम्मतसँग दाँजेकी थिइन् । “एउटा कविले आफ्नै देश र परिवेश निर्माण गर्ने भएकोले हिम्मतसाथ देवकी त्यस बाटोमा हिडेकी छिन् ।” लामाले मन्तव्यको क्रममा बताइन ।

कवि उमेश अकिञ्चनले कवि देवकी अभिलाषी कविमात्रै नभएर गीतकार र गायिका पनि रहेको र तामाङ सेलो ‘याम्बुको सहरमा’ देवकीले आफ्नै रचनामा रहेको शब्दलाई स्वरमा उतारेको खुलासा गरेका थिए । पत्रकार, समालोचक राजकुमार बानियाँले देवकी अभिलाषी कविताहरू समग्रमा अत्यन्तै राम्रो रहेको कुरा बताए । आफूलाई नेपाली भाषा पढाउने शिक्षकको अगाडि पुस्तक लोकार्पण भइरहेको सन्दर्भलाई जोड्दै कवि देवकी अत्यन्तै भावुक भएकी थिइन् ।

एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिफोर्निया अमेरिकाद्वारा प्रकाशित कविता सङ्ग्रह आदिवासी भोकमा ४२ कविता छन् । उर्वरा फाउण्डेशनको आयोजनामा भएको कार्यक्रमको सभापतित्व उषा शेरचन र सञ्चालन बाबु त्रिपाठीले गरेका थिए ।

देवकी अभिलाषी बहिनी नेपाली राइटर एसोसिएसनकी सचिव, उर्वरा फाउण्डेशन नेपालको अध्यक्ष तथा उर्वरा पत्रिका प्रकाशक र प्रधान सम्पादक पनि हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी