बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ राई पक्राउ

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ राई पक्राउ

  • शुक्रबार, बैशाख २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

वैशाख २९,खोटाङ । कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई गरेको छ ।

राईलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । ‘राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएका छौं,बिस्तृत कुरा अनुसन्धानपछि थाहा हुन्छ उनले भने।

उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत दूराचार गरेको बिहीबार सेतोपाटीमा समाचार प्रकाशित भएको थियो । सेतोपाटीले समाचारमा पीडित बालबालिकाका भनाइसहित र राईको अश्लील हर्कत झल्किने भिडियो सामग्री संलग्न गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ