उदयपुरगढीको हाडेबासमा भीषण आगलागी, ८ घर जलेर नष्ट

उदयपुरगढीको हाडेबासमा भीषण आगलागी, ८ घर जलेर नष्ट

  • बिहिबार, बैशाख २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

वैशाख २८, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा विद्युत सर्ट भएर भीषण आगालागी भएको छ ।

आज बिहान आगलागी हुँदा हालसम्म आठ घर जलेर नष्ट भइसकेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

आगलागी नियन्त्रणमा आइ नसकेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए । घटनालगत्तै त्रियुगा,चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाका तीनवटा दमकल,स्थानीय र प्रहरी परिचालन हुँदासमेत नियन्त्रणमा आउन नसकेको उनले बताए ।

आगो नियन्त्रणको प्रयास भइहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ