सिँचाइ कार्यालय बुटवलका तत्कालीन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिँचाइ कार्यालय बुटवलका तत्कालीन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • बिहिबार, बैशाख २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

वैशाख २८, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

भूमिगत जलस्रोत र सिँचाइ निर्माण सम्बन्धी कामै नगरी झुटा बिल बनाएर भोलेबाबा कन्स्ट्रक्सनलाई रकम भुक्तानी दिएको भन्दै उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

श्रेष्ठसँगै इन्जिनियर सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिन, भोलेबाबा कन्स्ट्रक्सनका सञ्चालक सुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर दास र लखापाल मरासिनीमाथि ५३ लाख ७५ हजार रुपैयाा बिगो माग दाबी गरेको छ । निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिबाट ६३ लाख ७ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

उनीहरुले आर्थिक वर्ष २०७४ ०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासीको देवचुली र दुम्किबास पम्प हाउस, स्टोरेज टंकी र वितरण प्रणालीको ठेक्कामा कामै नगरी ९ लाख ३२ हजार ५ सय ४८ रुपैयाँको नक्कली बिल बनाएर हिनामिना गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ