वैशाख २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले नाराबाजी गरेपछि संसद् बैठक स्थगित गरिएको छ । बोल्न पाउनुपर्ने भन्दै राप्रपा सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेका लागि संसद बैठक स्थगित गरेका हुन्।
संसद बैठक सुरु हुनेबितिकै राप्रपाका सांसदहरूले उठेर बोल्न समय माग गरेका थिए ।
तर, सभामुख देवराज घिमिरेले प्रीबजेटमा छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्मिक र विशेष समय नराखिएको जानकारी दिएपछि राप्रपा सांसदहरूले आफूले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका हुन्।
उनीहरूले बैठकमा आकस्मिक र विशेष समयको माग गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline