नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणका सहयोगी नरेन्द्र केसी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणका सहयोगी नरेन्द्र केसी पक्राउ

  • बुधबार, बैशाख २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

वैशाख २७, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँणका सहयोगी नरेन्द्र केसी पक्राउ परेका छन्।

आज बिहान केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। केसी तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव हुन्।

कार्कीका अनुसार पूर्वगृहमन्त्री खाँणलाई पनि प्रहरीले आज बिहान निवासबाट नै गिरफ्तार गरेको हो। यस अगाडि नै पक्राउ गर्ने चेतावनीपश्चात अनुसन्धानमा सहयोग गर्ने भन्दै काठमाडौं प्रहरी परिसरमा पुगेका थिए। परिसरले खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराएर छोडेको थियो।

पक्राउ नगर्न राजनीतिक दबाब भएपनि शरणनार्थी प्रकरणमा खाँणकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएपछि प्रहरीमाथि पक्राउ गर्न दबाब थियो। पक्राउ परेकाहरुले नै प्रहरीलाई अडियो प्रमाण बुझाएका छन्। थप अनुसन्धानका लागि प्रहरीले आज पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस, एमालेका शीर्ष नेता, श्रीमती र छोराछोरी, सरकारी उच्चपदस्थ कर्मचारी संलग्न भएको खुलेपछि राजनीति वृत तरंगित बनेको छ। संलग्नलाई कारबाही गर्न नागरिकस्तरबाट चर्को दबाब परेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो।

प्रहरीले यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत अभियुक्तलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्। टोपबहादुरलगायत केही फरार रहेका जनाइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो मात्रै काठमाडौंको शंखमूलबाट टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ