इन्डियन प्रिमियर लिगः बेंगलोरमाथि जित निकाल्दै मुम्बई तेस्रोमा

इन्डियन प्रिमियर लिगः बेंगलोरमाथि जित निकाल्दै मुम्बई तेस्रोमा

  • बुधबार, बैशाख २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

वैशाख २७, मुम्बई । मुम्बईले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । सूर्यकुमार यादवले ३५ बलमा ८३ रन बनाएपछि मुम्बईले जित निकालेको हो । यससँगै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

यसअघि मुम्बई आठौं स्थानमा थियो । जितका लागि दुई सय रन पछ्याइरहेको मुम्बईका लागि सूर्यकुमारले नेहाल वाढेरासँग १ सय ४० रनको साझेदारी गरे । नेहाल ५२ रन बनाएर नटआउट रहे ।

मुम्बईले खेलेका ११ खेलमा यो छैटौं जित हो । योसँगै पाँचपल्टको च्याम्पियनको प्ले अफ सम्भावना कायमै रहेको छ । त्यसअघि बेंगलोरले ६ विकेटमा १ सय ९९ रन बनाएको थियो । त्यसमा ग्लेन म्याक्सवेलले ६८ तथा कप्तान फाफ डे फ्लेसिसले ६५ रन बनाए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ