देशको शासन व्यवस्था संचालनमा जुर्मुराएर नेता बन्न पुगेका मान्छेहरु आफुले उच्च पद पाएपछि पदको दुरुपयोग गर्दै तरह तरहका कुकृत्यमा संलग्न भएको पाउनु दुर्भाग्य नै हो । देशमा सुसाशन कायम हुन्छ, जनताले शुख पाउने अवस्था आउँछ,स्वदेशमै रोजगारीका अवसर प्रसस्त हुन्छन । भन्ने आशय लिएका जनता आज निराश भएका छन । जिवनको अन्तिम घडीमा क. निर्मल लामाले भनेका थिए देशको समस्या भनेको भ्रष्टाचार हो यसलाई निमूल नगरेसम्म देशले टाउको उठाउन सक्दैन भनेका थिए । साथै अहिलेका गृहमन्त्रि नारायणकाजी श्रेष्टले आफूले दैनिक खर्च गर्न पाउने करोडौ रकम खर्र्च गर्न सकिने नियमित व्यवस्था भएपनि यो रकम खर्च नगर्ने प्रतिबद्धताले भ्रष्टाचार निवारणको उदाहरण बनेका छन । यसको साथै रविलामिछाने गृहमन्त्रिको जिम्मालिदा राष्ट्रिय परिचय पत्र दिने व्यवस्थाको लागि निजी कम्पनीलाई दिएको कार्यक्रम समेत मन्त्रालयबाटै संचालन गरेर प्रसंशनीय पात्र बन्न पुगेका छन ।
यि सबै कुरालाई शिक्षको रुपमा लिएर प्रचण्डलो आफ्नो तेश्रो प्रधानमन्त्रित्वकालमा भ्रष्टाचार नियन्त्रणको अभियान शुरु गरेका छन । यो स्वागत योग्य कुरा हो । अहिले यसरी सुसाशनको लागि सकृय रहेका प्रचण्डलाई सबै क्षेत्रबाट सहयोग गर्नुको सट्टा सरकारमा पुगेको अनि गम्भिर अभियोग प्रमाणित भएर पदबाट हट्नु परेको अभियोग सहित फेरी चुनाबबाट विजयी भएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णयले पनि यो पार्टी के को लागि चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
१. कुनै पनि नेपाली काम खोज्न विदेश जानुपर्दैन । देशका साधन र श्रोतहरुको उचित परिचालन हुन्छ । यहाँका विद्यमान जडिबुटी प्रसोधन गरि औषधी उत्पादनको लागि अनुसन्धान गर्ने र उद्योग स्थापनाको काम हुन्छ ।
२. जलश्रोतको उचित प्रयोगबाट विजुली उत्पादनले एशिया नै प्रकाशमय बनाउने क्षमता राख्छ । देशभर विद्युतीय सबारी साधन चल्ने अवस्था आउँछ । देशका सबै डाडाकाँडामा प्रत्येक विहान नदिको पानीतानेर सिंचाई गरि सधै हराभरा बनाईन्छ । यसै गरि यहाँको हिमालयन स्प्रिङ् वाटर शुद्ध पानी वोतलमा भरेर विदेशी बजारमा पठाएर पनि ठूलो आम्दानी हुन्छ ।
३. खनिज पदार्थको उत्खन र उत्पादनले यो देश सर्बाधिक सम्पन्न हुन्छ । कृषि उत्पादनमा आधुनिकी करणबाट यहाँको गुणस्तरीय खाद्य पदार्थको माग बैदेशिक बजारमा बढ्दै जानेर र यहाँको उत्पादन वैदेशिक बजारमा पठाउँदा नेपालीहरुले प्रसस्त आम्दानी गर्न सक्छन ।
४. तराई क्षेत्र एशिया क्षेत्रकै अन्न भण्डारको रुपमा विकसित हुन्छ । बनजंगलमा किम्बू जस्ता बोट बिरुवाहरु ढकमक्कहुन्छन् रेशम किरा पालन र रेशम उत्पादन प्रसस्त हुन्छ ।
५. तराईका नदि कटान जग्गाहरु भेटिभर जस्ता जैविक नदिकटा नियन्त्रण गर्ने बिरुवा लगाएर संरक्षणमात्र होईन नदी कटानबाट नोक्सान भएका जग्गाको उकास गरेर त्यस्ता जग्गामा सघन खेति गरिन्छ । यो प्रविधिबाट जग्गा उकास गर्ने अभियानले तराईका झण्डै ६ लाख हेक्टर जमिन उकास गरेर २५ लाख भन्दा बढी जनतालाई रोजगारी दिन सकिन्छ । यसको साथै भेटिभरबाट तेल उत्पादन गरि त्यसको विक्रिबाट प्रसस्त आम्दानी शुरु हुन्छ ।
६. हिमाली भेगमा चौरी पालनको व्यापकताबाट चिज उत्पादन र अन्य दुग्छ पदार्थको बिक्रिले स्वदेश तथा विदेशमा व्यापकता पाउँछ । देशको उच्चभागमा पालिने भेडा च्यांग्रको उनबाट विभिन्न प्रकारका कपडाहरु बुनेर बैदेशीक व्यापार बडाउन सकिन्छ ।
७. अल्लो, गाँजा, केतुकी, जस्ता बनस्पतीबाट रेशा निकाली कपडा उत्पादन गर्न सकिन्छ । यहाँ मोरिंगाको खेती गरेर त्यसको उत्पादन बिदेशी बजारमा पठाएर प्रसस्त आम्दानी गर्न सकिन्छ ।
८. यतिमात्र होईन नेपाल स्वच्छ हावापानीको देश हो । यहाँ विश्वका धनि मान्छे तथा उच्च ओहदाका महानुभावहरु आफ्नो अवकास प्राप्त जीवन नेपालमा आएर सुविधाका साथ बस्न सक्छन ।
९. त्यस्तै नेपालमा उच्चस्तरको आखाँ अस्पताल संचालन गरेर विदशीलाई समेत उपचार सेवा दिन डा.सन्दुक रुइतलाई नै अस्पतालको नेतृत्व दिएर यो उपचारको शुरुआत गर्न सकिन्छ । यतिमात्र नभएर देशका मुख्य मुख्य सहरमा विशिष्ठस्तरको सेवा दिने खालको स्वास्थ्य उपचारको लागि अस्पताल संचालन गरेर स्वदेशी तथा विदेशी समेतलाई स्वास्थ्य उपचार सेवा दिन सकिन्छ ।
१०. त्यस्तै नेपालका विभिन्न धार्मिक केन्द्रलाई विकसित गरेर त्यस्ता केन्द्र निकटमा बच्चा जन्म केन्द्र संचालन व्यवस्था गर्ने र त्यस्ता धार्मिक स्थलमा आध्यात्मिक अध्ययन गराउने व्यवस्था भएमा विश्वका विद्वत समूदायको आकर्षण बढ्ने र अन्तर्राष्ट्रिय स्तरबाट विद्यार्थीहरु पढ्न आउन सकछन ।
११. लुम्बिनिमा खास गरेर अन्तराष्ट्रिय स्तरको आध्यात्मिक अध्ययन तथा अुसन्धान गर्ने व्यवस्था सहिको लुम्विनि बुद्धिष्ट विश्व विद्यालयलाई विकास गर्ने र विश्वका दर्शन अध्ययन गर्ने विद्यार्थीहरुलाई पठन पाठन व्यवस्था शुरु गर्ने ।
१२. लुम्विनीमा अन्तर्राष्ट्रियस्तरको बच्चा जन्म केन्द्र संचालन गर्ने । यस केन्द्रमा विश्वका बौद्ध धर्मावलम्बीहरु बच्चा जन्माउन आउन सक्छन । यसको लागि हाम्रा कुटनीतिक नियोगलाई नेपालमा यो सुविधा भएको कुरा जानकारी गराउने गरि प्रदर्शनी र अन्य प्रचार अभियान गराउने व्यवस्था मिलाउने । यो संभावन ज्यादै दरो भएको कार्यक्रम हो किनभने अहिलेका भूटानी राजा जिग्मे शेखर नामग्याल नेपालको लगनखेलमा जन्मेका थिए । उनि त्यहा आएर जन्माउनुको महत्व स्वयंभूको काखमा जन्मदिने उनका बुबा र आमाको आशय थियो भन्ने थियो । यसैले लुम्विनी बुद्धको जन्मस्थलमा जन्म केन्द्रको सुविधा दिने व्यवस्था भएमा यो क्षेत्रको महत्व अझ बढ्छ ।
१३. विशेष गरिलुम्विनीमा बुद्ध धार्मिक पर्यटन सर्किट शुरु गर्दा यहाँबाट घोडा घोडी ताल हुँदै खप्तड रामा रोशन काक्रे विहार रारा चन्दननाथ, रिडी रेशुंगा, बाग्लुङ, गलेश्वर मुक्तिनाथको साथै पोखरा फेवा, वेगनास र अनेकौ क्षेत्रको भ्रमणको साथै गोरखा दर्बार मनकामनाको साथै काठमाण्डौको स्वयंम्भूनाथ, बौद्धनाथ लगायतका धार्मिक स्थलको भ्रमणको घुम्ती व्यवस्था गर्ने र यसरी घुम्ति क्षेत्रमा नमूना गाउँको सचालन गरि यसरी घुम्तीमा आउने पर्यटकलाई होटेलमा होईन यस्ता गाउँमा बस्ने व्यवस्था गर्ने ।
१४. यसैगरि धरानको वहाह क्षेत्रबाट अर्को धार्मिक पर्यटन गलेश्वर, कुशेश्वर, खाँडादेवी कालिन्चोक दोलखा भिमसेन स्थान हुँदै काठमाण्डौको पशुपति गुहेश्वरी र डालेश्वर समेतको भ्रमण गर्ने पर्यटन कार्यक्रम संचालन गर्न सकिन्छ ।
१५. यसैगरी बराह क्षेत्र चतराबाटै बुढासुब्वा, दन्तकालीको साथै झापाको केचनाकवल अर्जुन धारा, भोजपुर दिंला,को साथै ताप्लेजुंगको पाथीभरासम्मको अर्को पर्यटन यात्रा गराउन सकिन्छ । यसरी कार्यक्रम संचालन गर्न यसै आर्थिक बर्षको बजेटमा घोषणा गर्नुपर्छ ।
१६. यस्तै कृषि पर्यटन, जलयात्रा पर्यटन, साहसिक पर्यटन, हिमाली दृश्यावलोकन पर्यटन, स्वास्थ्य उपचार पर्यटन, शैक्षिक पर्यटन, हिमाली आरोहण पर्यटन गरेर अनेकौँ खालका कार्यक्रम संचालन गर्न सरकार कटिबद्ध हुनुपर्छ ।
१७. देशमा संचालित शैक्षिक संस्थालाई अन्तर्राष्ट्रिय स्तरको बनाएर विश्व समूदायको अध्ययन केन्द्र बनाउन सके यो क्षेत्रबाट समेत प्रसस्त आम्दानी गर्न सकिन्छ ।
१८. अहिलेको त्रिभूवन विश्व विद्यालयलाई विश्वका हार्वड, र अक्फोर्ड विश्व विद्यालयको स्तरमा विकास गर्न सके देशले आय आर्जनको लागि अन्य क्षेत्रको विकास गर्ने अनुसन्धाता यसै विश्व विद्यालयबाट प्राप्त गर्न सकिन्छ । यसरी अनुसन्धान गरेर प्राप्त नया उत्पादनको आफ्नै ब्राण्ड पेटेण्ट राईट लिएर विश्वमा त्यस्ता उत्पादन उपलब्ध गराउन सकिन्छ ।
१९. देशभर नमूना गाउँ संचालन गरेर त्यस्ता गाउँलाई सहकारीको माध्यमबाट आर्थिक सहयोग संचालन गर्ने र सहकारीकै माध्यम बनाएर शैक्षिक र स्वास्थ्य उपचार कोष स्थापना गरि यसैबाट प्रत्येक नमूना गाउँ क्षेत्रका जनताको शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिन्छ ।
संक्षिप्तमा भन्नुपर्दा अब यो देश बनाउन सूत्रबद्ध रुपमा निम्न अनुसारका कार्यक्रम शुरु गरिहाल्नु पर्छ ः
१. नमूना गाउँ विकास कार्यक्रम ः
गाउँमा कार्यक्रमबाट विद्यमान श्रोत परिचालन गर्ने, शिक्षा स्वास्थ्य, पर्यटन तथा सहकारी क्षेत्रको विकास एवं निःशुल्क स्वास्थ्य शिक्षा तथा स्थानीय उत्पादनको बजार व्यवस्था सुविधा समेत उपलब्ध हुन पुग्छ ।
२. उद्यमशीलता विकास कार्यक्र ः
हरेक गाउँपालिका तथा नगर पालिका स्तरमा प्रदेश स्तरको नियन्त्रण र सहयोग रहने गरि प्रविधिक तालिम केन्द्रको उद्यमशीलता तालिम शुरु गरेर प्रत्येक गाउँकायुवालाई शीपयुक्त बनाएर सम्वन्धित क्षेत्रमानै रोजगारी तथा आय आर्जनको अवसर दिने व्यवस्था मिलाउनु पर्छ
३. तराई विशेष सामाजिक सुरक्षा तथा विकास कार्यक्रमः
तराईलाई विशेष केन्द्र विन्दु बनाएर देशको मात्र नभएर एशियाकै अन्न भण्डारको रुपमा विकास गर्ने । तराईमा नदिकटानबाट नोक्सान भएका जग्गा भेटिभर लगायत जैविक नियन्त्रण प्रणालीबाट जमिन उकास गरि यसरी उकास भएको ६ लाख भन्दा बढी जमिनको उकासमा झण्डै ३० लाख उद्यमशील युवालाई रोगारी दिन सकिन्छ ।
यसको साथै ठाउँ ठाउँमा रबर विरुवा लगाएर त्यसबाट प्राप्त कच्चा पदार्थको प्रयोगबाट गोरखकाली रबर उद्योग पुन संचालन गर्ने । यसको साथै ठाउँ ठाउँमा किम्बु लगाएर रेशम किरा पालन गरि रेशमी कपडा उत्पादन गरि विश्व बजारमा पठाउने व्यवस्था मिलाउने । यसको साथै तराईमा नरिवल, सुपारी, चिया, मोरिंगा, भूँइकटहर, रुखकटहर, आँप लिची, जस्तो खेति गरेर तराईलाई सम्पन्न बनाउने प्रयाश जारी गर्ने ।
यतिमात्र नभएर तराईमा उखुखेतीको व्यवस्थित विकास गरी विरगञ्ज चिनी कारखाना, बुटबल धागो, हेटौँडा कपडा उद्योग, रोजिन एण्ड टर्पेण्टायन, ल्यूव आयल, चुना उद्योग लगायत विरगञ्ज कृषि औजार कारखाना जस्ता उद्योग पुन स्थापना र पुनः संचालन गर्ने । यसरी उद्योग पुन संचालनबाट कवि ५ लाख युवाले रोजगारी पाउने अवसर प्राप्त गर्न सक्दछन ।
यसैगरी देशमा बन्दरहेका सबै उद्योग संचालनमा ल्याउने व्यवस्था मिलाउनु पर्छ । यसको साथै काकारभिट्टा देखि कञ्चनपुर सम्म बुलेट टे«न संचालन गर्ने र पूर्व पश्चिम राजमार्गलाई एशियन हाई वेको रुपमा विकास गर्ने । तराईका सबै क्षेत्रमा विद्युतीय सबारी साधन तथा रेल यातायात संचालनमा ल्याउने । यातायातको उचित व्यवस्था पछि तराईमा पशुपालनबाट मासु दुध तथा अष्ट्रिच जस्ता चरा प्रजातिको व्यवसाय संचालन गर्ने र कुखुरा हाँस माछा व्यवसायबाट तराई सम्पन्न हुन्छ । तराईका सबै जनतालाई समान रुपमा उद्यमशीलता तालिम दिई स्वरोजगार बनाउने र तराई संसारकै संम्पन्न क्षेत्र बनाउने ।
४. गाउँ सहर सामाजिक सुरक्षा तथा विकास कार्यक्रमः
यो कार्यक्रमले निरन्तर ग्रामीण तथा सहरी शिक्षाआर्जन तथा शीप विकास कार्यक्रम संचालन गर्न सकिन्छ । प्रत्येक महिना अथवा १५ दिनमा नियमित हरेक टोलमा गै सबै समूदायलाई कसरी खेति गर्ने, विउमलको व्यवस्था कसरी गर्ने, उत्पादन प्रसोधन कसरी गर्ने त्यसको बजार व्यवस्थापन र आय आर्जनको शीप प्रदान गर्ने । यसको साथै गाउँ घरमा परेको समस्या, बाढी पैरो रोग उपचार, चोरी डकैती जस्ता कुरा नियन्त्रण गरी समयमै उद्धार कार्य संचालन गर्न यो कार्यक्रलाई सकृय बनाउने ।
५ पुर्वाधार तथा पुननिर्माण बैंकको स्थापना ः
यो बैंकको स्थापना पछि सबै खाले विकास अनुदान व्यवस्था गर्ने र बाडी पैरो र भूकम्पीय खतराबाट क्षती भएको अवस्थामा पुनः निर्माण गर्न यो बैंकलाई सकृय राख्ने । विकास कार्यक्रम तथा पुनस्थापनाको लागि आएको सहयोग यसै बैंकमा जम्मा गर्ने व्यवस्था मिलाउने । साथै देशमा संचालित लघुवित्त, स्वरोजगार कोष, हिमाली कोष, गरिवी निवारण कोष जेजति छन यसै अन्तर्गत संचालनको व्यवस्था मिलाउने ।
६. सहकारी तथा ग्रामीण विकास कार्यक्रम व्यवस्थापनः
देशका प्रत्येक नागरिकलाई वित्तीय क्षेत्रको निकट राखेर उनिहरुको परम्परागत पेशालाई व्यवस्थित गर्न र कृषि व्यवसायलाई सबल बनाई कृषि उत्पादन बेच बिखन कार्य समेत व्यवस्थित गर्न सहकारी लाई सकृय राख्ने ।
यसको साथै पुनर्निमान तथा पुर्वाधार विकास बैक अन्तर्गत सबै जनतालई बैंकिङ् अभ्यासमा राख्न सरकारले सबैको खाता खोली दिने र सरकारको तर्फबाट केही रकम तोकेर उनिहरुको खातामा जम्मा गरिदिने, यसरी सरकारले राखेको रकम बराबर बा त्यसको दोब्वरसम्म सम्वन्धित खाताबालालाई जम्मा गर्ने सुविधा दिने । यसरी जम्मा भएको रकमबाट व्यवसाय संचालन गर्न कर्जा लिन सकिन तर सबै रकम ५० बर्षको उमेर सम्म नपाईने व्यवस्था गर्ने । यसरी यो कार्यक्रम अन्तर्गत सुरक्षणकोष समेत संचालनको उचित व्यवस्था मिलाउने ।
ग्रामीण क्षेत्रमा सहकारीमै स्वास्थ्य उपचार कोष,तथा शैक्षिक कोष स्थापना गरि यसैकोषमा सरकारको सुरक्षण फण्ड अनुदान समेत राख्ने व्यवस्थाबाट ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने व्यवस्था मिलाउने ।
सहकारीकै व्यवस्थापनमा प्रत्येक गाउँ केन्द्रमा बजार तथा आपुर्ती केन्द्र स्थापना गर्ने, हाट बजार र शीत भण्डार तथा खाद्य भण्डार संचालन गरि गाउँको उत्पादन खरिद गर्ने र आबश्यक सामान विक्रिको व्यवस्था मिलाउने ।
सहकारीकै अन्तर्गत हुने गरि कृषक तालिमको व्यवस्था मिलाउन इजरायली तथा अन्य देशको सहयोग र प्रविधि हस्तान्तरणको व्यवस्था मिलाउने । गाउँ गाउँमा कृषि व्यवसाय पशुपालन तथा कुखुरा पालन व्यवस्था गरि गुणस्तरीय दुध, तथा मासुको आपुर्ती व्यवस्था मिलाउनुका साथै यहाको उत्पादन विदेशी बजारमा समेत विक्रि वितरणको सुविधा उपलब्ध गराउने
७. सरकार संचालनको लागि सबै मन्त्रि तथा प्रधानमन्त्रि समेतलाई प्रत्येक महिना तालिम र विकास तथा प्रसाशन संचालन सम्बन्धि छलफलको व्यवस्था गरायर सधै आफ्नो मन्त्रालय व्यवस्थित सुसाशन केन्द्र बनाउने व्यवस्था मिलाउने । यसको साथै सबै क्षेत्रका सांसद तथा संघीय सांसदलाई समेन प्रतेक महिना तालिम तथा छलफलको कार्यक्रम बाट विकास निर्माण कार्यमा सक्षम राख्ने ।
८. गाउँ गाउँमा यातायात सुविधाको लागि विद्युतीय केवुल कार, रोप वे संचालन जस्ता कार्यत्रम संचालन गर्ने
९. प्रत्येक गाउँमा कृषि पर्यटन तथा पर्यटन विकास केन्द्रको स्वरुप दिन होम स्टे र सास्कृतिक कार्यक्रम संचालनबाट मनोरञ्जनको व्यवस्था मिलाउने ।
अहिले संझनामा रहेका यिनै कार्यक्रम हुन । यतिमात्र कार्यक्रम संचालनमा सरकारको ध्यान गएमा यो देश सम्पन्न हुन्छ । यहाँका युवा विदेश होईन विदेशका युवालाई समेत रोजगारीको अवसर नेपालले दिन सक्छ यो कुरामा सरकारको ध्यान पुग्ने आशा गरिएको छ ।