भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको बयान आजबाट

भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको बयान आजबाट

  • मङ्लबार, बैशाख २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

वैशाख २६, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका ब्याक्तिहरुको आजबाट बयान सुरुहुनेछ । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका व्यक्तिहरुलाई बयानका लागि आजबाट बोलाएको हो ।

बयानका लागि काठमाडौं जिल्ला प्रहरी परिसरले थप जनशक्तिसहितको छुट्टै टोली बनाएको छ ।

पक्राउ परेका आरोपीहरुले बयानका क्रममा नाम लिएका उच्च तहका व्यक्तिहरुको बयान लिने तयारी प्रहरीले गरेको हो ।

पक्राउ परेका विचौलियाहरुले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मन्जु खाँड र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवासम्मको नाम लिएको सार्वजनिक भएको छ ।

विचौलियाहरुले बयानका क्रममा आफ्नो बयान जस्ताको तस्तै राख्न र उच्च तहका ब्यक्तिहरुलाई पनि अनुसन्धान नगरे आत्मदाह गर्नेसम्मको धम्की दिएपछी प्रहरीले राजनीतिक ब्यक्तिहरुलाई बयानका लागि बोलाएको हो ।

पक्राउ पूर्जीका लागि पर्याप्त प्रमाण नपुगेको भन्दै बयानबाट प्रक्रिया सुरू गर्ने प्रहरीले जनाएको छ । मन्जु र आरजुले समेत रकम बुझेको अडियो सार्वजनिक भएपछि प्रहरीले यो प्रकरणमा थप प्रमाण संकलनको काम पनि सँगसँगै गरिरहेको छ ।

यही प्रकरणका कारण प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको अमेरिका भ्रमण स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ