बैशाख २४ काठमाण्डौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा लहरो तान्दा पहरो गर्जियो भने जस्तै भएको छ । यो प्रकणमा एमाले काँग्रेसका सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा र काँग्रेस नेता वालकृष्ण खाँड पत्नी मञ्जु खाँड पनि मुछिएपछि यसले अझ व्यापक रुप लिन लागेको हो ।
यस अघि एमाले सचिव टोप बहादुर रायमाझी , पूर्व गृहमन्त्री बादलका सल्लाहकार डा. ईन्द्रजीत राई, बादल पुत्र प्रतीक लगायत यो प्रकणमा जोडिसकेका छन् । डा. राई हिरासतमा रहेका छन् भने बादल पुत्र र राई पुत्र निरज फरार छन् ।
यता एमाले सचिव एवं पूर्व गृहमन्त्री टोप बहादुर रायमाझी पनि फरार रहेका छन् । उनलाइ अहिले सम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । उनी लुकिछिपी बसिरहेका छन् ।
यता नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएको छ।
सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको बताईएको छ ।
यस प्रकरणमा पूर्ण अनुसन्धान हुने र कसैको दबाबमा सामु नझुक्ने प्रधानमन्त्रीको बचन र गृहमन्त्रकिो कदमले नेताहरु शसंकित बनेका छन् । आज संसदमा बोल्दै आरजु राणाले आफूले नबिराएकाले नडराउने दावी गरेकी छन् ।
उक्त अडिओमा कुराकानी गर्ने गिरोहका ती सदस्य पनि अहिले प्रहरी हिरासतमा रहेको र अनुसन्धान जारी रहेको स्रोतले बतायो।
उक्त अडिओमा भनिएजस्तो देउवा र खाणलाई पैसा बुझाएको सत्य हो वा होइन यकिन हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।
‘अनुसन्धान जारी छ, अहिले नै केही भन्न मिल्दैन,’ स्रोतले भन्यो।
सार्वजनिक भएको अडिओमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई साढे २ करोड र कांग्रेसकै अर्की सांसद मञ्जु खाणलाई ६ करोड रकम बुझाएको उल्लेख छ।
यो प्रकरणमा अनुसन्धान र गिराफ्तारी तीव्र भए देशमा नयाँ तरंग आउने स्पष्ट देखिन्छ ।