बैशाख २३ काठमाण्डौँ । माओवादीका वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ यतिखेर चर्चाको शिखरमा छन् । उनको निर्देशनमा नक्कली भुटानी शरणार्थी खडा गरेर नेपाली युवा अमेरीकालाई बेच्ने गिरोह बिरुद्ध आक्रमण कार्बाही शुरु भएपछि उनको पक्षमा युवाहरु सडकमै समर्थन गर्न पुगेका छन् ।
यस गिरोह जोडिएका हाईप्रोफाईल भनिनेहरु धमाधम समातिन थालेपछि र एमाले सचिव एवं पूर्व उपप्रधान तथा गृहमन्त्री टोप बहादुर रायमाझी वेपत्ता भएपछि युवाहरुले दबाब दिन सडकमै प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।
हन्ड्रेड ग्रुप नामक युवा संस्थाका युवाहरुले गृहमन्त्री काजीदाई थुन्नुपर्छ रायमाझीलाई, गृहमन्त्री काजीदाई थुन्नुपर्छ भ्रष्टाचारीलाई भन्ने प्लेकार्ड बोकेर माईतीघरमा भधेला भएका थिए ।
उनीहरुले सरकारलाई खबरदारी गर्दै प्रहरीलाई काम गर्न दिन माग गरेका छन् ।
साथै युवाहरुले ४६ साल यताका नेता र कर्मचारीको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन् ।
पछिल्लो समय गृहमन्त्री बने लगत्तै नारायणकाजी श्रेष्ठले सुराकीका नाममा हुने अपारदर्शी खर्च खारेज गरेर राज्यको करोडौँ रुपैया जोगाएका थिए । त्यसपछि रवि लामिछानेले नियम विपरीत नेपाली नागरिकको राष्ट्रिय परिचय पत्रको जैविक विवरण रुजु गर्न विदेशी कम्पनीलाई दिएको ठेक्का रद्ध गरेका थिए ।
अहिले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई विदेशमा लैजाने गिरोह बिरुद्ध कार्बाही अघि बढाएर सरकारका बहालवाला सचिव, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार सहितलाई समातेपछि उनको प्रशंशा बढेको छ ।