मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौ: उपप्रधानमन्त्री श्रेष्ठ

मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौ: उपप्रधानमन्त्री श्रेष्ठ

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

वैशाख २३,काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘मानव सेवा आश्रम’प्रति भित्रैदेखि सम्मान र अभिनन्दन व्यक्त गर्नुभएको छ। शनिबार वनस्थली, खरिबोटस्थित आश्रमस्थलमा पुगी सहभोज गर्नुका साथै उहाँले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिनुभएको थियो।

उपभोक्तावादले ग्रस्त आजको समाजमा आश्रमले १० बर्षदेखि ‘सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त राष्ट्र’ जस्तो चुनौतीपूर्ण अभियानको प्रभावकारी संचालन गर्न सकेकोमा उहाँले खुसी प्रकट गर्नुभयो। आश्रमले २०८२ सम्ममा सडक मानव मुक्त राष्ट्रको उद्देश्य सफल गरिछाड्ने लक्ष्य लिएको छ। हाल देशभरीका २३ आश्रममा १६ सयभन्दा बढी आश्रीतहरू छन्, जो विभिन्न पारिवारिक समस्या, परिवार पहिचानको समस्या र रोग आदिका कारणले सडकमा पुगेका थिए।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रीतहरूलाई खोजीखोजी आश्रय दिने गर्दछ। आश्रमको सेवापछि हालसम्म २२ सयभन्दा बढी आश्रीतहरू आफ्नै घर-परिवारमा फिर्ता भएका छन्। आश्रममा सयभन्दा बढी स्वयंसेवी छन्। आश्रमका अध्यक्ष गोर्खाका रामजी अधिकारी हुन्।

आश्रमको उदाहरणीय, मानवीय र नमुनायोग्य काम र क्रियाशीलताको निरन्तरताका लागि आफ्नो र नेपाल सरकारको सम्पुर्ण साथ रहने प्रतिबद्धता समेत उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो। आश्रमलाई सहयोग गर्ने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आफुले आज वा भोलि कार्यसूची नै बनाएर छलफल गर्ने र प्रधानमन्त्री स्वयंले पनि राष्ट्रिय संवेदनाका यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति लिनुभएकोले आश्रमको गतिविधिलाई थप उचाइमा पुर्‍याइने बताउनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ