चितवनका पोल्ट्री व्यवशायी कँडेलको आत्महत्या पछि चार्टर एकाउन्टेन्ट रावल पक्राउ

चितवनका पोल्ट्री व्यवशायी कँडेलको आत्महत्या पछि चार्टर एकाउन्टेन्ट रावल पक्राउ

  • शुक्रबार, बैशाख २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

२२ वैशाख, चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ का ३६ वर्षीय रावललाई बिहीबार बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको हो । कतिपय हिसाब नै लुकाएर त कतिपय कँडेलका कमजोरीहरु प्रदीप रुङ्गटालाई भनेर उनीहरुबीच तनाव ल्याउने काम गरेको आरोप रावलमाथि छ ।

कँडेलका व्यापार साझेदार प्रदीप रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलविरुद्ध कँडेलका परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए । रुङ्गटा भने फरार छन् ।

नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष कँडेल मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलले मानसिक पीडा दिएको उल्लेख थियो । सोही आधारमा परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

अनमोल फिड्सको ८५ प्रतिशत शेयर कँडेलले रुङ्गटालाई बेचेका थिए । रुङ्गटाले दिएको मानसिक तनाव थेग्न नसकेपछि कँडेलले आत्महत्या गरेको परिवारका सदस्यहरुको भनाइ छ ।

यसैबीच फरार रुङ्गटालाई पक्रेर कारबाही गर्न माग गर्दै चितवनका पोल्ट्री व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ