श्रीनृसिंह भगवानको जन्मउत्सवको अवसरमा शोभा यात्रा र महाआरती

श्रीनृसिंह भगवानको जन्मउत्सवको अवसरमा शोभा यात्रा र महाआरती

  • बिहिबार, बैशाख २१, २०८०
  • दिपक चौरसिया

  • 2.3K
    SHARES

बिरगंज २१ बैशाख । श्रीनृसिंह भगवानको जन्मउत्सवको अवसरमा पिपरामठ मन्दिर संरक्षणले भब्य रुपमा शोभा यात्रा र महाआरती आयोजना गर्ने भएको छ ।

श्रीनृसिंह भगवान पिपरामठ मन्दिर संरक्षण समिति बीरगंज १४ ले भब्य रुपमा भगवान श्रीनृसिंहको २१ गते अर्थात बिहीबार बीरगंजमा शोभायात्रा र महाआरती गर्न लागेको छ । पिपरामठ मन्दिर संरक्षण समितिले यो अभियानलाई सार्थक बनाउने उदेश्य रहेको समितिका अध्यक्ष रामप्रवेश प्रसाद कुर्मीले बताएका छन उनले भने श्री भगवान नृसिंहको जन्मउत्सवको अवसरमा उक्त कार्यक्रम गर्ने लागेको हो ।

हिन्दु धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार भगवान बिष्णुको चौबीस अवतार रहेको जुन भगवानहरु मध्येका यो नृसिंह भगवान पनि एक रहेको र उनको १३५ वर्ष पहिला भगवानको रुपमा रहेको बताएको बताए । यसको संरक्षण गर्न आफुहरु अहिले लागिपरेको बताउदै यो प्रसिद्ध पिपरामठमा दुई पटक विश्वहिन्दु सम्मेलन समेत भएकोले अब समिति यसलाई संरक्षण गर्ने बताएका छन ।

बिहीबार २१ गते बिहान ६स्३० बजे शोभायात्रा निकालेर बीरगंज विभिन्न भाग परिक्रमण गरि बेलुकी ७ बजेदेखि महाआरती हुने भएकोले सबै भक्तजनहरुमा उपस्थित भइ कार्यक्रमको शोभा बढाउन अध्यक्ष कुर्मीले नगरबासिमा हार्दिक अपिल गरेका छन । पर्सा जिल्ला बासिन्दाहरुका लागि यो श्रीनृसिंह भगवानको यहाँ हामीले पुजापाठ गर्न पाउन सौभाग्य रहेको बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ