क्रिकेटमा ऐतिहासिक उपलव्धि, नेपालले भारत पाकिस्तान जस्ता शसक्त टिम बिरुद्ध खेल्ने अवसर

क्रिकेटमा ऐतिहासिक उपलव्धि, नेपालले भारत पाकिस्तान जस्ता शसक्त टिम बिरुद्ध खेल्ने अवसर

  • मङ्लबार, बैशाख १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

बैशाख १९ काठमाण्डौँ । नेपालले क्रिकेटमा ऐतिहासिक उपलव्धि हासिल गरेको छ ।
मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ । नेपालले युएईलाई ७ विकेटले पराजित गर्न सफल भयो ।

च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ।

युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

शुरुमै तीन विकेट जाँदा दबाबमा आएको नेपाललाई गुल्सन झाले उकासे ।ओपनर कुसल भूर्तेल १ रनमा आउट भएपछि शुरुमै दबाब खेपेको नेपाल कप्तान रोहित पौडेल पनि १ रनमै पेभिलियन फर्किएपछि संकट बढेको थियो । त्यसपछि आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरेपछि दबाब अझ बढेको थियो।
यही बेला क्र्रिजमा अडिएका गुल्सन झाले झाले ६ छक्का र तीन चौका प्रहार गर्दै अविजीत ६७ रन बनाएपछि नेपालको सहज जीत संभव भएको हो ।
उनलाई साथ दिएका भीम सार्कीले पनि अविजीत ३६ रन बटुल्ने क्रममा चार चौका प्रहार गरे । दुबैले अविजीत ९६ रनको साझेदारी गरे ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलबारसम्मका लागि स्थगित भएको थियो।

मंगलबार २७।३ बाट ब्याटिङ सुरु गरेको युएई ३३।१ ओभरमा ११७ रनमा अलआउट भयो। मंगलबार अन्तिम विकेटको रुपमा युएईका जुनइद शिद्धिकीलाई १० रनमा नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच गराए।

सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितले आरिफ शेखबाट क्याच गराए। लगत्तै अर्को बलमा ललितले जहूर खानलाई शून्यमा आउट गरे।

त्यसअघि सन्दीप लामिछानेले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरे।

युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे।

यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे। रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे।

बलिङमा नेपालका लागि ललितले ४ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दा १४ रन खर्चिए। सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले १–१ विकेट हात पारे।

यो उपाधी नेपालको लागि कोसे ढुंगा सावित हुनेछ । नेपालले अब क्रिकेटको शसक्त टिम भारत, पाकिस्तान लगायतको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ