नेपाललाई शुरुवाती झड्का, कुसल भूर्तेल एक रनमै आउट

नेपाललाई शुरुवाती झड्का, कुसल भूर्तेल एक रनमै आउट

  • मङ्लबार, बैशाख १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

बैशाख १९ काठमाण्डौँ । एसीसी प्रिमियर कपको फाइनलमा युएईले दिएको ११८ रनको चूनौती पछ्याउदै जवाफी ब्याटिङ थालेको छ । नेपाललाई शुरुमै झड्का लागेको छ । ओपनर कुसल भूर्तेल एक रनमै आउट भएका छन् । अहिले आशिफ शेख र गुल्सन झाले नेपालको पारी सम्हालीरहेका छन् ।

हिजो अवरुद्ध भएको खेल आज शुरु भएपछि युएईले ब्याटिङ थालेको थियो । ललित राजवशीले आज थप एक विकेट लिएपछि युएई ३३.१ ओभरमा ११७ रन बनाएर अलआउट भयो ।

नेपालले अब ११८ रनको लक्ष्य बिरुद्ध जवाफी व्याटिङ थाल्नेछ । युएईका आशिफ खानले ४६ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिए ।

आजको खेल जितेमा नेपाल एशिया कपमा छनौट हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ