बैशाख १९ काठमाण्डौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ११७ रनमा अलआउट गरेको छ ।
हिजो अवरुद्ध भएको खेल आज शुरु भएपछि युएईले ब्याटिङ थालेको थियो । ललित राजवशीले आज थप एक विकेट लिएपछि युएई ३३.१ ओभरमा ११७ रन बनाएर अलआउट भयो ।
नेपालले अब ११८ रनको लक्ष्य बिरुद्ध जवाफी व्याटिङ थाल्नेछ । युएईका आशिफ खानले ४६ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिए ।
आजको खेल जितेमा नेपाल एशिया कपमा छनौट हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline