बैशाख १९ काठमाण्डौँ । एसीसी प्रिमियर कपको फाइनलमा हिजो नेपाल र यूएईको खेल जारी रहँदा पानी परेपछि रोकिएको खेल आज हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
त्यसपछि लगातार वर्षाको कारण खेल पुनः सुरु हुन नसकेपछि बाँकी खेल यहीँबाट सुरु हुनेछ।
त्यसअघि १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।
नेपालका लागि ललित राजवंशी एक्लैले ३ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सोमपाल कामी र गुलसान झाले एक एक विकेट आफ्नो नाममा गरे।
ललितले २७।२ ओभरमा आशिफ खान र २७।३ ओभरमा जहुर खानलाई आउट गराउँदै ह्याट्रिक नजिक पुगेका थिए । ५४ बलमा ७ चौका र १ छक्का मद्दतमा ४६ रन बनाउँदै आशिफ खान ललितको बलमा आरिफ शेखबाट आउट भए।
आजको खेल जितेमा नेपाल एशिया कपमा भारत, पाकिस्तान जस्ता ठुला देशसँग क्रिकेट प्रतिस्पर्धा गर्ने छ ।