बैशाख १८ काठमाण्डौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईको खेल जारी रहँदा पानी परेपछि रोकिएको खेल भोलि हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले २७।२ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
त्यसपछि लगातार वर्षाको कारण खेल पुनः सुरु हुन नसकेपछि बाँकी खेल यहीँबाट सुरु हुनेछ।
वर्षाको कारण भोलि पनि खेल हुन नसके खेल रद्द हुनेछ। नेपाल एसिया कप पुग्नेछ। त्यसअघि १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।
नेपालका लागि ललित राजवंशी एक्लैले ३ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सोमपाल कामी र गुलसान झाले एक एक विकेट आफ्नो नाममा गरे।
ललितले २७.२ ओभरमा आशिफ खान र २७.३ ओभरमा जहुर खानलाई आउट गराउँदै ह्याट्रिक नजिक पुगेका थिए । ५४ बलमा ७ चौका र १ छक्का मद्दतमा ४६ रन बनाउँदै आशिफ खान ललितको बलमा आरिफ शेखबाट आउट भए।
अब बाँकी खेल भोली हुनेछ । भोली पनि पानी परेर खेल हुन नसके नेपाल स्वतः बिजयी हुने छ । त्यसपछि उपाधी हात पार्ने नेपाल एशिया कपमा भारत, पाकिस्तान जस्ता ठुला देशसँग क्रिकेट प्रतिस्पर्धा गर्ने छ ।